arrow

मित्रनगरमा सात जुवाडे पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
juwade-arrest-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानरपालिका २६ मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका १० घर भएका ४५ वर्षीय संजयकुमार कठायतको लाईभ ईन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संजयसमेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रूपैयाँ र तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ