arrow

विश्वमा लोकप्रिय साताका १० समाचार : गरीबीको चिन्तादेखि रोवर्टको सपनासम्म

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
TOP_10_New.jpeg
काठमाडौं । यो साता विश्व अर्थतन्त्रमा गरिबी र आर्थिक सुदृढीकरण सम्वन्धि विषयमले प्राथमिकता पाएका छन् । विश्व आर्थिक मञ्चले सबैभन्दा बढी रुचाईएका १० समाचार सामग्रीहरुको पहिचानको क्रममा हरेक हप्ता त्यसको प्रभाव र त्यसका पाठकहरुको आधारमा रिपोर्ट सार्वजनिक गर्नै गरेको छ । 
 
यो साता उसले गरेको १० रोचक र बढी मनपराईएका घटनाहरुमा सबैभन्दा पहिले मञ्चले नै प्रकाशित गरेको ‘फ्याक्ट एण्ड फिगर’ शीर्षकको रिपोर्ट सबैभन्दा बढी रुचाईएको सूचीमा अग्र भागमा पर्न सफल भएको छ । हिंशा मानिसको लागि कसरी महंगो सावित हुन्छ आर्थिक दृष्टिले समेत पनि भन्ने विषयमा लेखिएको उक्त रिपोर्ट विश्व आर्थिक क्षेत्रको यो साताको सबैभन्दा मनपराईएको विषय बनेको उसको दाबी छ । 
 
अमेरिकामा विद्यमान रहेको असमानताको कारणले गरिबीको रेखामुनी रहेकाहरुले भन्दा मध्यम वर्गीय व्यक्तिहरुले सरकारी नीतिको बढी फाईदा उठाईरुहेका छन् भन्ने विषयमा द ईकोनोमिष्ट ले गरेको अध्ययन प्रतिवेदन यो साताको बढी रुचाईएको विषयमा दोस्रो स्थानमा परेको छ । 
 
फिनल्याण्डले बेरोजगारलाई आधारभूत आम्दानी बराबरको रकम कमाउन सक्ने बनाउने तयारीमा रहेको विषयमा द गार्जियनले प्रकाशित गरेको समाचारले धेरै मनपराईएको तेस्रो स्थान हाँसिल गर्न सफल भएको छ । उक्त रिपोर्ट गार्जियनका लागि जोन ह्यान्लीले तयार पारेका थिए ।
Finland has started paying a basic income of €560 a month to randomly selected unemployed people.
 
त्यस्तै, यो साता धेरै रुचाईएका विषयमा रोवर्टको बारेमा लेखिएको रिपोर्ट पनि एक बनेको छ । इन्सिच्यूड अफ न्यू इकोनोमिक थिङ्किङ नामक संस्थाले तयार पारेको उत्तः रिपोर्टमा अबको केही समयमा विश्वमा रोबर्टले मानव जनशक्ति प्रतिस्थापन गर्ने बताईएपनि यसले तत्कालको लागि राष्ट्रिय हित हेखिन्छ तर यो दीर्घकालीन रुपमा सम्भव नरहेको तर्क रिपोर्टमा गरिएको छ । 
 
विश्व व्यापक विकासको अबरोध र चुनौतीको विषयमा तयार पारिएको रिपोर्ट यो साताको धेरै हेरिएको विश्व आर्थिक समाचारीय सामग्रीको पाँचौ स्थानमा परेको छ । फाईनान्सियल टाईम्सले तयार पारेको उक्त रिपोर्टमा पछिल्लो समयमो आर्थिक विकासमा के कस्ता बाधाहरु आउने गरेका छन् भन्ने विषयमा सामग्री तयार पारिएको थियो । 
 
ल्याटिन अमेरिकाको आर्थिक अवस्थाको विषयमा आकलन गरेर लेखिएको रिपोर्ट यो साताको धेरै मनपराईएको विषयमो छैटौं स्थानमा पर्न सफल भएको छ । वार्टन विश्वविद्यालयले तयार पारेको अध्ययन प्रतिवेदनमा २०१७ मा ल्याटिन अमेरिकाले समृद्धि हाँसिल गर्ला ? भन्ने विषयमा यो रिपोर्ट तयार पारिएको थियो । 
010317_latamoutlook
 
उत्कृट अर्थतन्त्रको विषयमा जानकारी दिने लक्ष्य सहित ले मोन्डे मानक अनलाईनले तयार पारेको उक्त रिपोर्ट यो साताको धेरै मनपराईएको रिवोर्ट मध्ये सातौ स्थानमा आउन सफल भएको छ ।  
 
विश्व आर्थिक मञ्चले तयार पारेको विश्वव्यापीकरणका ३ प्राथमिकताका विषयहरु शीर्षकको रिपोर्ट यो साताको आठौं धेरै मनपराईएको विषय बन्न सफल भएको छ । 
A sand castle is washed away by the sea in Clacton-on-Sea, a town in eastern England, where 70 percent of people voted on June 23, 2016 to leave the European Union, Britain August 22, 2016. REUTERS/Neil Hall
 
हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने ५ वटा आर्थिक चरणहरुको विषयलाई समेटेर तयार पारिएको रिपोर्ट यो साताको नवौं स्थानमा परेको छ । बुमबर्ग भ्यू नामक संस्थाले गरेको अध्ययन प्रतिवेदन उक्त स्थानमा परेको हो । 
 
त्यस्तै, बिजिनेश इन्साईडर नामक संस्थाले एक अध्ययन गरी त्यसैको आधारमा युरोपलाई असमानता र गरिबी बढ्दै गएको तर्फै ध्यान दिन सुझाव दिईएको विषय विश्व्को सबैभन्दा धेरैले रुचाईएको मञ्चको दाबी छ । 
ECB
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ