arrow

नेकपा एसले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम [भिडियो] 

चैत्र २ देखि मातहत कमिटीमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
socialist-12-01.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले जनसरोकारका सवालमा चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल गर्ने भएको छ । आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भुषालले बताए । 

उनले चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका सङ्घ–सङ्गठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव सङ्कलन गर्ने बताए । उनले चैत्र २० गते सरकारलाई ज्ञापन पत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने कार्यक्रम रहेको बताए । 

उनले वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने र वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको छ । 

यो अभियान बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बीच सहकार्य र एकताको अभियान भएको जिकिर गरे । 

नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने आरोप लगाएको छ । सत्ता गठबन्धनले नालायकीपन देखाएको आरोप लगाउँदै यसबारेमा जनतालाई सूचित गर्न जरुरी भइसकेको ठहर गरेको छ । रोजगारी र सुशासन राज्यको मुद्दा नबनुन्जेलसम्म आन्दोलन जारी रहने जिकिर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ