arrow

संविधान बुझाउदै गाँउ गाँउमा महिला संघ

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
syanja-jilla-final2.jpg.jpeg
श्रीकृष्ण सिग्देल,स्याङ्जा । नेपालको नयाँ संविधान २०७२ का बारेमा जानकारी दिने र कार्यान्वयनमा जोड दिने उदेश्यले गाँउ गाँउमा नेपाल महिला संघ पुग्न थालेको छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ स्याङ्जाको अगुवाइमा संविधानमा महिला अधिकार बारेमा जानकारी दिने उदेश्यले गाँउ गाँउमा पुगेको हो ।
 
समसामयीक नेपालको राजनीति जटिलता र नयाँ संविधान २०७२ को कार्यान्वयनमा नेपाल महिला संघको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी महिला संघ स्याङ्जाका गाँउृ गाँउमा पुग्न लागेको महिला संघ स्याङ्जाकी अध्यक्ष कल्पना तिवारीले जानकारी दिइन् । मंसिर २९ गतेदेखि थालिएको यो अभियान पौष २१ गते सम्म संचालन हुने अध्यक्ष तिवारीको भनाई छ । जनताद्धुरा चुनिएका ८८ प्रतिशत सभाषदहरुको सहमतिमा नयाँ संविधान जारी भएको छ महिला संघ स्याङ्जाकी अध्यक्ष तिवारीले भनिन्,“संविधानवारे नबुझाइदिदा मधेशमा समस्या देखिएको ले हामीले पनि गाँउ गाँउमा रहेका महिला दिदि बहिनीहरुलाई संविधानवारे जानकारी दिनका लागि यो अभियानको थालनी गरेका हौं ।” संविधानले महिलाका पक्षमा अधिकार दिएको छ यसको कायान्वयनमा जोड दिन र दिदिबहिनीहरुलाई बुझाउनु आवश्यक छ अध्यक्ष तिवारीले थपिन् ।
 
महिला संघ स्याङ्जाको चौथो बैठकले हरेक गाविसमा एक दिने अन्तरक्रिया गरी महिलाहरुलाई संविधान र मुलुकमा देखिएको राजनीतिक जटिलताको बारेमा बुझाइने छ । ५३ गाविस ४ नगरपालिका रहेको स्याङ्जामा यो अभियान करिव दुईदर्जन गाविस र नगरपालिकामा सम्पन्न भइसकेको छ । काँग्रेसको १३ औं महाधिवेसन नजिकिदै गर्दा संविधान र राजनीतिक जटिलता सम्वन्धी सन्देश दिनका लागि महिला संघ गाँउ छिरेपछि काँग्रेसको आगामी अधिवेसनका लागि पनि चहलपहल बढेको बताइएको छ । मुलुकमा परिवर्तन भइरहेपनि नेपाली महिलाहरुलाई पर्याप्त अधिकार प्राप्त गरेका थिएनन् अध्यक्ष तिवारीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ, “पहिलो पटक नेपालको संविधान २०७२ ले नेपाली महिलाहरुलाई नयाँ इतिहासको स्वर्णद्धार खोली दिएको छ ।” राजनीति, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक र विवेदको चपेटामा परेका नेपाली महिलाहरु यो संविधानलाई कार्यान्वयन गर्न सकियो भने मात्रै नेपाली महिलाहरुको भविश्य र वर्तमान सुनौलो हुने छ  अध्यक्ष तिवारीले भनिन् । 
 
त्यही भएर संविधानमा महिला अधिकार बारेमा जानकारी दिनकै लागि गाँउमा पुगेको महिला संघ स्याङ्जाको भनाई छ । चुलो चौकोमा मात्रै सिमित रहेका गाँउका महिला दिदि बहिनीहरु यो कार्यक्रम गाँउमा पुगेपछि आफ्नो अधिकार संविधानमा उल्लेख गरेको बारेमा जानकारी पाएपछि खुशी भएको बताईएको छ । कतिपय बिषयमा कानुनी अधिकारका बारेमा जानकारी नहुदा महिलाहरु आफ्नो अधिकारबाट बन्चित हुदै आएका थिए । महिला संघले लिएको यो अभियानले ग्रामिण क्षेत्रका महिलाहरुलाई सुढृत र सवलीकरणमा समेत टेवा पुग्ने महिला नेतृहरु बताउछन् ।
 
काँग्रेसको १३ औ महाधिवेसनमा गाँउ, नगर, क्षेत्र, जिल्ला र केन्द्रिय समितिमा समेत ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्वको सुनिश्चित गर्न समेत महिला संघ स्याङ्जाले आग्रह गरेको छ । महाधिवेसन सम्पन्न पछि महिला संघले प्रशक्षिण अभिमुखिकरण, अन्तरक्रिया कार्यक्रमहरु गाँउ, नगर, क्षेत्र र जिल्ला स्तर सम्म पु¥याउने लक्ष्य राखेको महिला संघले जनाएको छ । संविधान पछि मुलुकले भोगेको समस्या बारेमा भने स्याङ्जावासी महिलाहरु चिन्तित देखिएका छन् । छिटो समस्या समाधान गरी मुलुकलाई निकास दिन सरकार र राजनीतिकदलहरुलाई स्याङ्जावासी महिलाहरुले आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ