विराटनगर । सुनसरी मोरङ सिंचाइ योजनाले सहज रुपले नहर मर्मत एवं व्यवस्थित गरेसंगै पूर्वका ६८ हजार हेक्टर जग्गामा सहज रुपले सिचाई पुग्न थालेको छ । योजनाले ५३ किलोमिटर मुलनहर तथा शाखा नहर मर्मत सभारको काम सकिएपछि मोरङ र सुनसरी जिल्लामा झन सहज रुपले सिचाई पुगेको हो । चतरादेखि झमनपुरसम्मको मूल तथा शाखा नहरबाट सहज रुपले सिचाई पुग्न थालेछि किसान उत्साही भएका छन् ।
मंसिर १५ देखि पुष–८ गतेसम्म नहरमा पानी रोकेर काम शुरु गरेको योजनाले जनाएको छ । किसानहरुको धान काटने समयमा धान भिज्ने भएपछि किसानकै माग अनुसार योजनाले नहरमा पानी रोकेर काम गरेको थियो । योजनाले सो अवधिमा नयाँ इन्टेक मर्मत, साइफन मर्मत इक्वुुडक्ट मर्मत, वुस तथा हेड रेगुलेटर मर्मत गर्नुका साथै नहरको लाइनिङ तथा नहरको बैँक मर्मत गरिएको योजना प्रमुख तारा पौडेलले बताए ।
काम सकिएपछि पुष–९ गतेदेखि नहरमा पानी छाडिएको योजना प्रमुख पौडेलको भनाई छ । नहर व्यवस्थित भएपछि अहिले मुलनहरमा २२ घन मिटर प्रतिसेकेण्ड पानी बगिरहेको छ । जसका कारण सहज रुपले सिँचाई पुगेको जनाइएको छ ।
प्रत्येक किसानको खेतमा सहज रुपले सिचाई गर्नकै लागि योजनाले प्राथमिकताका साथ नहर मर्मत एंव व्यवस्थित गरेको योजना प्रमुख पौडेलको भनाई छ । नहर मर्मत एंव सरसफाइ भएपछि गहुँको सिजनमा पानी संचालन गर्न सजिलो भएको किसानहरु्र बताउँछन् ।
इन्टेकदेखि १ किलोमिटर उत्तरसम्म च्यानललाईज गरेर इन्टेकको मुखमा पानी सहज रुपले आउन थालेपछी मूल नहरमा पानीको बहाब समेत वृद्धि भएको योजना प्रमुखको भनाई छ । ।
सुनसरी सोनापुरका मोहमद हुसेनले लामो समयपछि नहर मर्मत भएको भन्दै अब गहुँबालीमा सिँचाइ गर्न सहज भएको बताए । नहर मर्मत र व्यवस्थित भएपछि बाह्रै महिना सिँचाई गर्न सहज हुने योजनाले जनाएको छ ।