arrow

सहकारी ठगी मुद्दा खेपिरहेका रविले अदालतबाटै भने – गेट रेडी फर रेभोलुसन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
ravi-pokhara-adalat-81-7-4w.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी ठगी प्रकरणको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपील गरेका छन् ।

स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० लाख धरौटी खारेजीको माग गर्दै उच्च अदालत पाटन पुगेका लामिछानेले देश गम्भीर अवस्थामा रहेको जनाउँदै क्रान्तिका लागि तयार रहन अपील गरेका हुन् ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसप्रति असहमति दर्ज गर्दै लामिछाने उच्च अदालत पाटन पुगेका हुन् । 

सो सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलाइएको छ ।

सञ्चारकर्मीसँग तत्काल बोल्न अस्वीकार गरे पनि लामिछानेले संक्षिप्तमा भने,  ‘अब समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु–गेट रेडी फर द रेभोलुसन ।’

 उनले आफूले अभिब्यक्ति दिन थालेमा नेपाली कांग्रेस र नेकपा एमालेको सरकारलाई नै अप्ठेरो पर्ने दाबी गरेका छन् । उनले केही समयपछि नै आफ्नो बोल्ने पालो आउन लागेको पनि जानकारी दिए ।

 ‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले संक्षिप्तमा थप भने । 

लामिछाने चार ओटा सहकारी ठगी प्रकरणमा दुई करोड ७९ लाख धरौटी बुझाएर रिहा भएका हुन् । उनकै पार्टीले सहकारी पीडितले न्याय पाउनु पर्ने नारा लगाउँदै हिँडेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ