arrow

साझा प्रकाशनका ६९ कर्मचारी कटौती

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
sajha-work-out.jpeg

काठमाडौं । साझा प्रकाशनले संस्थालाई आर्थिक व्ययभार कम गर्नका लागि ६९ जना कर्मचारी कटौती गरेको छ । संस्था आर्थिक सङ्कटमा रहेकाले व्ययभार कम गर्नका लागि आइतबार विभिन्न तहका ६९ कर्मचारीलाई स्वच्छिक अवकाश दिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी गराए ।

यसअघि गत साउनमा महिनामा २२ जना अधिकृतस्तरका कर्मचारीलाई स्वच्छिक अवकास दिइएको थियो । उनले उपदानसहित तीन महिनाको तलब दिने गरी कर्मचारीलाई स्वेच्छिक अवकाश दिइएको बताए ।

उहाँले स्वच्छिक अवकाश लिन कर्मचारीलाई तीन किस्तामा २०७४ पुस १३ गतेभित्र सम्पूर्ण रकम दिइने बताए। महाप्रबन्धकमा शर्मा साझामा नियुक्त भएपछि संस्था सुधार्न व्यवस्थापनले दिएको कार्ययोजना अनुसार कर्मचारी कटौती गर्दै आए ।

उनका अनुसार अहिलेसम्म १७२ जना कर्मचारीलाई स्वच्छिक अवकाश दिई कर्मचारी कटौती गरिएको छ । कर्मचारी कटौती गरेपछि अब साझामा ८३  कर्मचारी मात्र छन् । साझाको स्तर उन्नति गर्नका लागि मङ्सिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयले ३० करोड दिने निर्णय गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ