arrow

‘सुनकली’लाई पाँच हजार डलरसहित दुई अन्तर्राष्ट्रिय अवार्ड

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
sunakali.jpg.jpeg
काठमाडौँ । नेपाली वृत्तचित्र ‘सुनकली’लाई दुबईको आवुदाबी र स्पेनको विल्वाओमा छुट्टाटुट्टै दुई वटा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । आज स्पेनको विल्वाओ सहरमा आयोजित मेन्डी फिल्म फेस्टिबलमा पत्रकार भोजराज भाटले निर्माण गरेको ‘सुनकली’ लाई ‘नेचर एन्ड कल्चर’ विधामा उत्कृष्ट फिल्मका लागि ट्रफी प्रदान गरिएको हो । 
 
यसै हप्ता खेल पत्रकारको विश्वव्यापी छाता सङ्गठन (एआइपिएस)ले वर्षभरिका खेलसँग सम्बन्धित विभिन्न विधामा उत्पादन गरिएका उत्कृष्ट समाचार तथा वृत्तचित्रलाई पुरस्कृत गर्नेक्रममा नेपालको ‘सुनकली’ वृत्तचित्रलाई पाँच हजार अमेरिकी डलर राशिको पुरस्कार जितेको हो । 
 
गत बुधबार युएईको राजधानी आवुधाबीमा सम्पन्न पुरस्कार वितरण समारोहमा सुनकलीलाई वृत्तचित्र विधामा तेस्रो पुरस्कार दिइएको हो । आवुदाबी मिडिया हबले प्रायोजन गरेको उक्त पुरस्कार समारोहमा झन्डै ६०० बढी वृत्तचित्रले प्रतिस्पर्धा गरेका थिए, जसमा सुनकली उत्कृष्ट तीनमा पर्दै पाँच हजार डलर जित्न सफल भएको हो । 
 
यसअघि ‘सुनकली’लाई इटलीको मिलानमा ३३औँ मिलानो इन्टरनेसनल फिक्स्ट फिल्म फेस्टिबलमा मुुभी एन्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको थियो । स्पेन र आवुदाबीमा पाएको दुई वटा अवार्ड गरी अहिलेसम्म सुनकलीले १२ वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको निर्देशक भाटले जानकारी दिनुभयो । 
 
पचास मिनेट लामो सुनकली वृत्तचित्रमा मुगुकी १३ वर्षीया सुनकली बूढा र उनकी साथीहरुको फुटबल कथालाई उतारिएको छ । आफूहरुले पाएको एक दर्जन अन्तर्राष्ट्रिय पुरस्कार तथा ट्रफीले नेपाली वृत्तचित्र पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको सन्देश गएको निर्देशक भाटले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ