arrow

मधेसमा सेना परिचालन गर्ने सरकारको तयारी

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
Oli-cabinet.jpg.jpeg
काठमाडौं । सरकारले तराई–मधेसमा जारी हिंसात्मक आन्दोलनलाई मध्यनजर गर्दै सेना परिचालनको तयारी गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सेना परिचालनको तयारीबारे छलफल गरेको स्रोतले जनाएको छ । पटक–पटकका आग्रह नमानेर मधेसी मोर्चाले संकट लम्ब्याएको भन्दै सरकारले शान्ति सुरक्षा दिनु आफ्नो दायित्व रहेको ठहर गर्दै विभिन्न निकायसंग परामर्श गरेको  आधारमा परिषद्मा छलफल गरेको बुझिएको छ। जनकपुरमा राष्ट्रपति बिरुद्ध गरिएको अभद्र व्यवहार र रौतहटमा भड्किएको तनाव पछि सरकार सुरक्षा संवेदनशीलतामा चनाखो बनेको छ। 
 
मधेसमा संकटकाल घोषणा गरेर सेना परिचालन गर्ने निर्णय चाँडै हुने बताइएको छ । मन्त्रीहरुको राय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुसँग विषद चर्चा गरिरहेका छन्। यसअघि, विज्ञ, सुरक्षा निकायका प्रमुखहरु र कुटनीतिक निकायका प्रमुखहरुसंग परामर्श गरेको सरकारले वर्तमान समस्या समाधानका लागि यो उपाय अबलम्बन गर्न लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ