काठमाडौँ। समाजवादी मोर्चाले आज राजधानीमा जनप्रदर्शन आयोजना गरेको छ। प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न राजनीतिक मागहरू राख्दै नाराबाजी गरेका थिए।
शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा देशको समसामयिक राजनीति, संविधान कार्यान्वयन र सामाजिक न्यायका मुद्दाहरू उठाइएको मोर्चाले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले व्यवस्था सुधार र आर्थिक समृद्धिको अभियानमा एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
जसअनुसार मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन्।
जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक कब्जा गरेर सडकमा नै मञ्च बनाएको छ।