arrow

आमिरको 'दंगल' सबै भन्दा अगाडि

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
dangals.jpeg
एजेन्सी । बलिउड अभिनेता आमिर खानको चलचित्र 'दंगल' भारतमा सबै भन्दा ज्यादा कमाउने चलचित्र बनेको छ । भारतमा अहिले सम्म सबैभन्दा ज्यादा कमाउनेमा चलचित्र 'पेके' थियो । भारतको सो सुचिमा  'दंगल' पछि दोस्रो नम्बरमा  'पीके' छ भने तेस्रो  नंबरमा  'बजरंगी भाईजान', चौथो नम्बरमा 'सुलतान', र पाँचौमा  'धूम ३' रहेको छ ।भारतमा 'दंगल'ले  अहिले सम्ममा  कुल कमाइ ३४१.९६ करोड रहेको छ । 'पीके' ले ३४०.८ करोड रुपैया गरेको थियो भने 'सुलतान' ले करीब ३१६ करोड  कमाइएको थियो ।
 
'दंगल' ले भारतमा रिलिजको  दिन २९.७८ करोड कमाएको थियो भने १० औ दिन सम्ममा  २७०.४७ करोड कमाएको थियो । चलचित्रले  विश्व भरबाट कुल ६४८.८५ करोड कमाएको छ । चलचित्रले  ६४८.८५ करोड कमाउदै बलिउडकै सबैभन्दा ज्यादा कमाउने चलचित्रको सुचिमा तेस्रो स्थानमा रहेको छ ।   
 
सन् २०१४ मा रिलिज भएको 'पीके'ले रिलिजको पहिलो दिन २६ करोड कमाएको थियो । त्यस्तै चलचित्रले १० औ दिन भित्र भारतभर  करिब २५० करोड कमाएको थियो । चलचित्र ७९२ करोड कमाउदै बलिउडकै सबैभन्दा ज्यादा कमाउने चलचित्रको सुचिमा पहिलो स्थानमा छ ।   
 
 'दंगल' दैनिक कामाइको आधारमा आमिरको चलचित्र  'पीके', 'धूम','थ्री इडियट्स' र 'गजनी' भन्दा अगाडि रहेको छ । 'दंगल' हरियाणाका पहलवान महावीर सिंह फोगाटको जीवनमा आधारित छ । चलचित्रमा महावीर सिंहले समाजमा छोरिहरु प्रतिको नकारात्म दृष्टिकोणलाई तोड्न सफल देखिन्छन् ।सो  कमाइको हिसाबमा  'दंगल'  ले 'पेके' को रेकर्ड तोडे्ने देखिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ