arrow

सहकारी मुद्दाका कारण छाडेको नेतृत्व ग्रहण गर्दै रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
ravi-lamichhane-81-7-2r.jpg
तस्बिर – फाइल, कार्तिक २ गते पक्राउ पर्नुअघि रवि लामिछाने ।

काठमाडौँ । चार ओटा सहकारी ठगी मुद्दामा दुई करोड ७९ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा फर्किने भएका छन् । 

रविलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।

कार्यवाहक कसले लिने भन्नेमा रस्साकस्सी चलिरहँदा पुस ८ गते उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई रविले कार्यवाहक दिएका थिए । यसलाई पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको थियो । 

अब फेरि केन्द्रीय समिति बैठक बसेर रविलाई कार्यकारी भूमिकामा ल्याइने छ । रास्वपाका अनुसार सोमबार केन्द्रीय समिति बैठक बस्नेछ । 

पहिलो चरणमा रविलाई सभापतिको जिम्मेवारी तोकिने छ भने दोस्रो चरणमा रविकै सभापतित्वमा बैठक बस्नेछ । 

कुर्सीमा रहन नपाएको साढे पाँच महिनापछि रवि पुनः सभापतिको कुर्सीमा बस्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ