arrow

साइबर मुद्दामा खोजी भइरहेका साह मुख्यमन्त्री सिंहको कार्यालयमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
satishkumar-singh-fnj-parsa.jpg

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले साइबर क्राइम सम्बन्धी मुद्दामा खोजी गरिरहेको अजय साह मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको कार्यालयमा देखिएका छन् । 

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कार्यसमिति सदस्य रहेका अजय साहले महासंघका संस्थापक अध्यक्ष दीपेन्द्र चौहानविरुद्ध आफ्नो फेसबुक पेजमा गालीगलौजपूर्ण सामग्री प्रकाशित गरेपछि चौहानले जिल्ला प्रहरी कार्यालय पर्सामा साइबर क्राइम सम्बन्धी मुद्दा दर्ता गराएका थिए । 

उक्त मुद्दामा अजय साहसहित विपिन साह तुरहा, विजय साह र प्रहलाद चौरसियालाई प्रतिवादी बनाइएको थियो ।

यसै सिलसिलामा प्रह्लाद चौरसियालाई पर्सा प्रहरीले गिरफ्तार गरिसकेको छ भने अन्य प्रतिवादी फरार सूचीमा रहेका छन् । फरार सूचीमा रहेका व्यक्तिलाई नागरिक समाजको अगुवा संस्था नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका अध्यक्ष श्याम बञ्जाराले मुख्यमन्त्रीको कार्यालयमा लिएर जानुले के सन्देश दिन खोजिएको हो ? यो विषय अहिले चासोको रूपमा हेरिएको छ।

बञ्जाराको नेतृत्वमा गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा अराजक समूहले पत्रकार सुरेश रजकको हत्या र सञ्चारकर्मीमाथि गरेको आक्रमणबारे सरकारसँग गहिरो अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ