arrow

तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न चार संस्थाको माग [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
tinkune-fire-journalist-dead-2081-suresh-rajak.jpg

काठमाडौँ । मानवअधिकारको क्षेत्रमा काम गर्ने चार संस्थाले गत चैत १५ गते भएको तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् ।

आइतबार संयुक्त विज्ञप्ति निकाल्दै चार संस्थाले उक्त घटनाको जवाफदेहिता सुनिश्चित गर्न र यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न गम्भीर आह्वान गरेका हुन् । 

प्रहरीले सार्वजनिक गरेको विवरण र मिडियामा आएको विवरण फरक परेको भन्दै ती संस्थाहरुले यसलाई पारदर्शी बनाउनु जरुरी भएको उल्लेख गरेका छन् । 

प्रहरीको विवरणमा ५८ राउन्ड गोली चलाइएको २० जना गोली लागेर घाइते भएको, एक जना सविन महर्जनको मृत्यु भएको र घाइतेमध्ये १३ जनाको उपचार भइरहेको जनाएको थियो । साथै ७४६ सेल अश्रुग्यास प्रहार गरेको जनाएको थियो । एक जनाको भने जलेर मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ । 

तर मिडयामा भने प्रहरीको गोप्य प्रतिवेदन भन्दै ११० राउन्ड गोली, २०१ रबर बुलेट, ८६४ राउन्ड प्रहरीले र १०४ राउन्ड अश्रुग्यास सशस्त्र प्रहरीले प्रहार गरेको उल्लेख छ । 

चार संस्थाहरु जवाफदेहिता निगरानी समिति, एम्नेस्टी इन्टरनेशनल नेपाल, एड्भोकेसी फोरम नेपाल र न्याय तथा अधिकार संस्था (जुरी-नेपाल) ले सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाही गर्नसमेत माग गरेका छन् । 

चैत १५ गते तीनकुनेमा राजावादी समूहहरुले आन्दोलन गरेका थिए । सो क्रममा आगजनी, तोडफोड र लुटपाटसमेत भएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ