arrow

विद्यालयलका लागि ४० लाख भन्दा बढि आर्थिक संकलन

logo
कौरव खत्री,
प्रकाशित २०७३ पुष २६ मंगलबार
school-new-p.jpg.jpeg
गुल्मी। गुल्मीको एक निम्न माध्यमिक विद्यालयलका लागि  ४० लाख भन्दा बढि आर्थिक सहयोग संकलन जुटेको छ । जोहाङ्ग गाविस वडा नं. ५ रितौदीमा रहेको  ज्ञानोदय निम्न माध्यमिक विद्यालयको लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र संघ सस्था लगायतबाट गरि ४० लाख भन्दा बढि आर्थिक सहयोग संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले  जानकारी दिए ।
 
विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन,  सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थान्तरण गर्ने, विशेष गरि  दलित बालबालिकाहरुलाई निः शुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पुर्‍याउने र नमूना विद्यालयको रुपमा  स्थापित गराउने उद्देश्यका साथ विद्यालयले आँउदो फाल्गुन १४ देखि १६ सम्म स्वर्ण महोत्सव सञ्चालन  गर्न लागि रहेको छ । यतिबेला विद्यालयले आर्थिक  सहयोग अभियानलाई तिव्रता दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ