काठमाडौँ । आफूलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशविरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।
थुनामा रहेका लामिछानेले शुक्रबार आफ्ना कानून व्यवसायीमार्फत निवेदन दर्ता गराएको रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले मिडियालाई जानकारी दिएका छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसँग रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी मागेको थियो । उक्त धरौटी बुझाएपछि खारेजी र साधारणा तारेखमा छाडिनुपर्ने माग गर्दै उनी गत फागुन २६ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेका थिए ।
सो इजलासले गत चैत २३ गते थुनामा पठाउने फैसला सुनाइदियो । रवि २३ गते बेलुकी काठमाडौँबाट पक्राउ परे र २४ गते बुटवल लगियो र हाल हिरासतमा छन् ।
उनले कानून व्यवसायीमार्फत उच्चको आदेशविरुद्ध सर्वाृेच्चमा निवेदन दर्ता गराएका हुन् ।
अन्य तीन ओटा सहकारी ठगीमा रविले एक करोड ७९ लाख रुपैयाँ बुझाएका थिए ।
उनलाई पहिलो पटक कार्तिक २ गते पक्राउ गरिएको थियो ।