arrow

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात किलो गाँजासहित एक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
tia-new-81-6-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिए । 

उनले भने, “थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो ।”

भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ