सेन्ट मेरि स्टेडियम । इङलिश फुटबल इएफएलमा प्रिमियर क्लव लिभरपुललाई झड्का लागेको छ । सेमिफाइनलको पहिलो लेगमा लिभरपुल साउथह्याम्पटनसंग १–० ले पराजित भएको हो ।
घरेलु मैदान सेन्ट मेरि स्टेडियममा खेलेको साउथह्याम्पटनलाई जिताउन खेलको २० मिनेटमै नाथन रेडमण्डले निर्णायक गोल गरे ।
लिभरपुलका लागि डानियल स्टुरिजले निकै राम्रो अवसर खेल फाल्दा बराबरीसमेत गर्न सकेन ।
त्यसो त खेलमा साउथह्याम्पटनले निकै राम्रो प्रहार गरिरहे पनि लिभरपुलका गोलकिपर लोरिस कारिअसले त्यस्ता प्रहारलाई निस्तेज पार्दै आएका थिए ।
पहिलो खेलमा पराजित लिभरपुललाई दोस्रो लेगमा घरेलु मैदानमा फराकिलो जितको दवाव बढेको छ ।
दोस्रो लेग एन्फिल्डमा २५ जनवरीमा हुनेछ । अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले हल सिटीलाई २–० ले हराएको छ ।