arrow

नेपालगंजमा फिल्म फेस्टिवलको तयारी तीव्र

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
nepal-indipendent-flim-festivel.jpeg
बाँके । आगामी माघ ८ गते देखि नेपालगंजमा हुने नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने उक्त फेस्टिवलको सह आयोजकको रुपमा बास रहेको छ । फेस्टिवल भेरी प्राविधिक शिक्षालय हलमा हुनेछ । आयोजनालाई भव्यता दिन अन्य संघ संस्थाहरु सँग सहकार्य भइरहेको बताइएको छ । 
 
फेस्टिवलमा कालोपोथी, छायाँ, पुण्टेको पाँग्रो, म खुसी छु, मेला, हेलिकप्टर रेस्क्युअर अन द हिमालय, घुसको लोग्ने, रियालको खोजी, अ सङ्ग फर बारपाक, बियोण्ड द ह्वाइट केन र हरि बहादुर लगायतका तथा डकुमेन्ट्री फिल्महरु सहभागी छन् । 
 
फेस्टिवलका अवसरमा डकुमेन्ट्री निर्माण सम्वन्धि कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुनेछ । विद्यार्थीहरुका लागि अलग्गै कार्यशाला संचालन गरिनेछ  भने १ दिन सार्वजनिक मैदानमा पनि फिल्म प्रदर्शन गरिनेछ । २ दिनसम्म चल्ने उक्त फेस्टिवलमा राजधानी काठमाण्डौवाट डकुमेन्ट्री निर्माता एवं फिल्म निर्देशकहरु समेत सहभागी हुनेछन् । 
 
‘फेस्टिवलको आयोजनाले यस क्षेत्रको इश्यु समेत उजागर गर्न निर्माताहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ’ अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘फेस्टिवलमा आयोजना  हुने कार्यशाला नयाँ निर्माताहरुका लागि कोशेढुंगा सावित हुनेछ ।’ समृद्ध मध्य पश्चिम र सुन्दर सुदुरपश्चिमको नारालाई सघाउनु पनि फेस्टिवलको उद्देश्य हो । 
 
फेस्टिवलका लागि फिल्म संयोजन लगाएताका कार्यहरुमा सहयोग गरेकोमा अन्तरालले नेपाल इन्डिपेण्डेन्ट फिल्म मेकर सोसाइटीका अध्यक्ष अनुप सुवेदीलाई धन्यवाद दिएको छ । फेस्टिवल सफल पार्नको लागि अन्तरालले राजनीतिक दल, नागरिक समाज, विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरु, विद्मार्थी लगायत सवैमा समस्त संचारकर्मीहरुलाई अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ