शिक्षकहरूका मागहरू सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
603
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारले शिक्षकहरूका मागहरू सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिएका छन् । शिक्षकका जायज मागहरू पूरा गर्न यथाशीघ्र शिक्षा ऐन नल्याए शासकहरू भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । उनले सरकारले शिक्षकहरूका जायज मागहरू पुरा गर्नुको सट्टा दमन गरिरहेको उनको आरोप छ ।
उनले भने, ‘शिक्षकहरूका मागअनुसार शिक्षा विधेयकलाई टुङ्ग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला । शासकहरू भागेको कुरा सुन्नुभएको होला नि । पढ्नु भएको पनि होला । जनताको अगाडि बहुमत र दुई तिहाइको अङ्कले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ । ’
उनले सरकारले शिक्षकहरूमाथि जङ्गली व्यवहार र दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट घोर भर्त्सना गरे।