स्पेन । स्पेनिश फुटबल क्लव रियल मड्रिडले अपराजित यात्रालाई ४० खेलसम्म पु¥याउँदै कीर्तिमान रचेको छ । स्पेनिश घरेलु फुटबल प्रतियोगिताको कोपा देल रे को क्वार्टरफाइनलमा पुग्ने क्रममा प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा ३–३ को बराबरी गरेसंगै रियलले कीर्तिमान रचेको हो । स्पेनिश क्लव बार्सिलोनाको ३९ खेल अपराजित कीर्तिमान रहेको थियो ।
सेभिल्लाको मैदानमा भएको दोस्रो लेगको खेलमा ३–१ ले पछि परेको रियलले इन्जुरीसमयसम्म गोल गर्दै बराबरी गरेको हो ।
डानिलोले आत्मघाती गोल गरेपछि १० मिनेटमा १–० ले पछि परेको रियलका लागि ४८ औं मिनेटमा मार्को एसेन्सियोको गोलले बराबरी भयो ।
५४ औं मिनेटमा स्टेभान योभेटिकले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । ७७ औं मिनेटमा भिसेन्टे बेर्राले गोल गर्दै ३–१ को स्थितिमा ल्याए ।
८३ औं मिनेटमा सर्जिओ रामोसले पेनाल्टी गोल गर्दै रियललाई ३–२ को स्थितिमा ल्याए । इन्जुरी समयमा करिम बेन्जेमाले गोल गर्दै रियललाई बराबरीमामात्र ल्याएनन् कीर्तिमान बन्न ठूलो मद्धत गरे ।
पहिलो लेगको खेलमा ३–० ले विजयी भएको रियल समग्रमा ६–३ को स्थितिमा रहँदै अन्तिम आठमा पुगेको हो ।
यो खेलपछि भने रियल प्रशिक्षक जिनेदिन जिदानको सफलताले शिखर चुमेको छ ।