arrow

पेट्रोल छर्किएर जिउँदै आगो लगाउने एक पक्राउ

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Morang.jpeg.jpeg
पथरी (मोरङ) । मोरङको भाथिगछ– ७ का २८ वर्षीय बब्लु राजवंशीमाथि पेट्रोल छर्किएर जिउँदै आगो लगाउने घटनामा संलग्न एकजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार भाथिगछ– २ का ४९ वर्षीय शिवु मलाहालाई पक्राउ गरिएको हो । 

जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार लुकेर बसेको सूचनाका आधारमा प्रहरीको विशेष टोलीले मोरङको कटहरीबाट मलाहलाई पक्राउ गरेको हो । अरोपित शिवुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक खरेलको भनाइ छ । 

उनले भने – “थप तीनजनालाई चाँडै पक्राउ गर्छांै ।” घटनामा संलग्न भाथिगछ– २ का अजय सिंह, जीतेन्द्र मुखिया र जुगेश्वर मुखियालाई प्रहरीले खोजीरहेको छ । को१प २४५० नंको मोटरसाइकलमा भारतीय पम्पबाट १५ लिटर पेट्रोल खरिद गरेर आउँदै गर्दा बब्लुमाथि भाथिगछ– २ रामजानकी चोकमा गत मङ्सिर १० गते बिहान पेट्रोल छर्किएर आगो लगाइएको थियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ