arrow

कक्षा १० काे रुटिन् अायाे , कुन् दिन कुन् विषयको परीक्षा ? (रुटिन् सहित)

एसएलसीको सट्टा माध्यामिक शिक्षा परीक्षा

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
PANIKA.jpeg

काठमाडौं । यो वर्ष देखि प्रेशिका परीक्षा एसएलसीको ठाउँमा हुने माध्यमिक शिक्षा परीक्षा आउँदो चैत ३ गते बिहिबारदेखि हुने संचालन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ३ देखि १४ गतेसम्म परीक्षा लिने भएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

पोहोर साल जस्तो यो वर्ष एसएलसी नभई माध्यमिक शिक्षा परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालय सानाेठीमी भक्तपुरले जनाएको छ । सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेपछि १० कक्षामा हुने एसएलसी परीक्षालाई परिवर्तन गरी माध्यमिक शिक्षा परीक्षा बनाइको हो ।

एसअघि एसएलसीलाई बोर्ड मान्यता दिएको परीक्षा बोर्डले अब १२ कक्षाको परीक्षालाई बोर्ड परीक्षाका रुपमा मान्यता दिनेछ । यस्तै राष्ट्रिय परीक्षा बोर्डका प्रदेश कार्यालय सञ्चालनमा नआउँदासम्म कक्षा १० को परीक्षा अहिलेको परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन निर्णयर सरकारले गरेको छ ।

सरकारले गएको वर्षदेखि लेटर ग्रेडिङ प्रणालीअनुसार परीक्षाफल सार्वजनिक गर्न सुरु गरिसकेको छ । जसअनुसार ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन श्रेणी छुट्याइएको छ । ९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइन्छ । ग्रेड प्रतिशतका आधारमा देखाउने गरिएको छ ।

यस्तै, ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी, ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ गे्रडको मान्यता दिएको छ । यस्तै, १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ ।

परीक्षाको रुटिन्

No automatic alt text available.

Image may contain: text

Image may contain: text
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ