arrow

नयाँदिल्लीमा रजनीलाई मिसेस् हेरिटेजको उपाधि

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Winner.jpg.jpeg
काठमाडौं । ईप्लानेट प्रा.लि.को आयोजनामा भारतको नयाँदिल्लीमा गत डिसेम्बर १२ मा भएको ‘मिसेस् हेरिटेज इन्टरनेशनल २०१५’मा नेपाली रजनी पाठकले शीर्ष ताज जित्न सफल भएकी छन् । त्यहाँ भएको ‘मिस हेरिटेज इन्टरनेसल २०१५’को स्टेजमा भएको ‘मिसेस् हेरिटेज इन्टरनेसल २०१५’मा उनले उक्त उपाधि चुमेकी हुन् ।

प्रतियोगितामा भारतकी डा.शिवान्गिनी मलेटिया फस्ट रनर अप तथा रसियाकी ओल्गा शेभेलेभा सेकेण्ड रनर अप चयन भएका छन् । प्रतियोगिताका सहभागिहरुले विभिन्न चरणको प्रतिस्पर्धाबाट आफूलाई अब्बल दर्शाउन कोशिश गरेका थिए । 

कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको यो प्रतियोगिता भारतको नयाँदिल्लीस्थित अशोका कन्टि रिसोर्टमा भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ