प्रचण्डको आरोप: स्वार्थ समूहको लगाममा सरकार [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
660
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार स्वार्थ समूहहरूको लगाममा कुदिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
आलोचना गर्नेहरूलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने र गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सरकार सीमित रहेको प्रचण्डको टिप्पणी छ । उनले अहिलेको मुख्य समस्या सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन भए पनि यी विषयहरूलाई नीति तथा कार्यक्रममा महत्त्व नदिइएको बताए । उनले देशमा भ्रष्टाचार बढेको र ग्रे लिष्टमा परेको भए पनि सरकारले उक्त कुरामा तपशीलको लक्ष्य राखेको राखेको आरोप लगाए ।
उनले भने, ‘स्वार्थ समूहहरूको लगाममा कुदिरहेको सरकारको ध्यान आलोचना गर्नेहरूलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने अनि गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सीमित भएको देखिएको छ । यति बेलाको मूल समस्या भएको सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन हो । नीति तथा कार्यक्रममा यी विषयहरूलाई कुनै खास महत्त्व दिएको देखिएको छैन । जबकि भ्रष्टाचार बढेको र कालो धन शुद्धीकरण बढेको फाइनान्स एक्सन टाक्स फोर्सले नेपाललाई ग्रलिष्टमा राखेको अवस्था हाम्रो सामु छ । त्यो सूचीबाट बाहिर ल्याउने काम गर्नुपर्नेमा सरकारले यसलाई तपशीलको लक्ष्य राखेर दुई वर्षपछि मात्र हट्ने लक्ष्य राखिनुले सरकार यथार्थमा नै गैर जिम्मेवार देखिएको छ । ’