arrow

माझी परिवारलाई धुर्मुस सुन्तलीले दिए न्यानो कपडा

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
1525141_1209738282374302_4086568938620791091_n.jpg.jpeg
दोलखा । सरसफाइ अभियानमा जुटेका नेपाल सरकारका सरफाइ सद्भावना दूत तथा हास्यकलाकार सीताराम कट्टेल ‘धर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले दोलखाको भीरकोट गाविसस्थित माझी गाउँमा सिरक बाँडेका छन् ।

सरसफाइ अभियानका साथ दोलखा पुगेका उनीहरुले हालै गएको भूकम्पबाट पीडित भएका सो बस्तीका ७५ घर परिवारलाई सिरक बाँडेका छन । पहिले देखि आर्थिक अवस्था कमजोर रहेको र त्यसमाथि भूकम्पबाट क्षति व्यहोरेका उनीहरुलाई चिसोबाट जोगाउन प्रति घरपरिवार एक–एक वटा सिरक बाँडेका छन् ।  

धर्मुस–सुन्तली फाउन्डेशन मार्फत डेढ लाख रुपैयाँ बराबरको सिरक बाँडेको बताएका उनले धनले नभइ मनले सामाजिक कार्य गरेको प्रतिक्रिया दिए । सरकारले दिने भनेको १० हजार समेत नपाएका माझीबस्तीका स्थानीयको अवस्था निकै दयनिय रहेको जानकारी दिए ।

तत्काल उनीहरुलाई राहतको व्यवस्था नगरिए धनजनको क्षति हुन सक्ने बताएका धुर्मुसले शनिबार, आइतबार र सोमबार दोलखाको जि।प्र।का प्रमुख, जि।वि।स प्रमुख, नगरपालिका प्रमुख, खानेपानीका प्रमुख, शान्ति सुरक्षाका प्रमुख, पत्रकार, नागरिक समाजका उगुवा र त्यहाका बिभिन्न क्षेत्रका व्यक्तिवहरु को उपस्थितिमा विभिन्न स्थानमा सरफाइ समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ