arrow

जानकी मन्दिर तोडफोड गर्नेलाई सार्वजनिक मुद्धा

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
JanakpurTempleJanakiMandir.jpg.jpeg
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आगमनलाई लिएर जानकी मन्दिरमा गरिएको तोडफोड र ढुङ्गामुढा घटनामा संग्लन रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका तीनै जनामाथि प्रहरीले सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा सीताशरण मण्डल, राहुलकुमार राउत र रितेशकुमार मण्डल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रामदत्त जोशीले घटनामा संग्लनको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य तीव्र बनाइएको बताए ।  हिजो बसेको मन्त्रिपरिषद्को बैठकले घटनाका दोषिलाई कानुनी कारबाही गरिने निर्णय गरेपछि प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर अनुसनधान सुरु गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ