तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य होः प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
2.8k
Shares
फाइल तस्बिर
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताएका छन् ।
पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित जनसभामा उनले हालै सम्पन्न ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ पार्टीको मात्र नभई जनताको अभियान बनेको उल्लेख अध्यक्ष दाहालले अभियान जनताका समस्या बुझ्ने माध्यम भएको उल्लेख गरे ।
अध्यक्ष दाहालले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर-दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएका बताए ।
अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियान सञ्चालन गरेको स्मरण गरे ।