arrow

२७ अर्बका वस्तु पूर्वी नाकाबाट निर्यात, के के छन् ?

logo
प्रकाशित २०७३ माघ १ शनिबार
purbi-Naka.jpeg
विराटनगर। २७ अर्बको हाराहारीमा विभिन्न प्रकारका वस्तु नेपालको पूर्वी नाकाबाट गत आर्थिक वर्षमा भारतलगायत तेस्रो मुलुकमा निर्यात भएका छन् । सोमध्ये भारततर्फ  २३ अर्ब २७ करोड ९९ लाख १३ हजार ७११ मूल्य बराबरको अर्थात ८७ प्रतिशत र ३ अर्ब ४८ करोड ५८ लाख ७३ हजार १६२ मूल्य बराबरको अर्थात करिब १३ प्रतिशत तेस्रो मुलुकमा वस्तु निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख कृष्ण रेग्मीले जानकारी गराए । 
 
सो अवधिमा ४ अर्ब ५९ करोड ६३ लाख २२ हजार २४ बराबरको ठूलो अलैंची, ४ अर्ब ७९ लाख ९८ हजार ४६६ मूल्य बराबरको फलाम र फलाम निर्मित वस्तु निर्यात भएको छ भने २ अर्ब ८५ करोड ७८ लाख नौं हजार ७८४ मूल्य बराबरको कपडाको धागो र २ अर्ब ८३ लाख ९१ हजार ९५६ मूल्य बराबरका तयारी कपडा निर्यात गरिएको छ । 
 
यसका साथै २ अर्ब २२ करोड ८ लाख ४ हजार ७ सय ८१ मूल्य बराबरको चिया निर्यात गरिएको छ । पूर्वी क्षेत्रमा उत्पादित चियामा खासगरी अर्गानिक चिया तेस्रो मुलुकमा बढी निर्यात हुने गर्दछ । चियाको भारत पनि ठूलो बजारको रुपमा रहेका छन् । १ अर्ब ९४ करोड ९१ लाख ७७४ मूल्य बराबरको जुटको धागो र १ अर्ब ९१ करोड ८६ लाख ४० हजार ५६० मूल्य बराबरको जुटबाट निर्मित बोरा वा झोला निर्यात भएको हो । 
 
यसका साथै, ९३ करोड १० लाख ३५ हजार ३ सय ३१ मूल्य बराबरका ताम्बा तथा सोबाट निर्मित वस्तु, ३२ करोड ७८ लाख ४५ हजार ७ सय ६० मूल्य बराबरका प्लास्टिकका वस्तु,  ५६ करोड ४४ लाख ३ हजार ८ सय ३७ मूल्य बराबरका तयारी पोसाक, ५४ करोड ७२ लाख ४५ हजार ६ सय १६ मूल्य बराबरका चोकर, ४७ करोड ६८ लाख २९ हजार २ सय ८३ मूल्य बराबरका चाउचाउ निर्यात गरिएको हो । 
 
त्यसैगरी, ४७ करोड १९ लाख २१ हजार ७ सय ५ मूल्य बराबरका छाला तथा छालाका वस्तु, २० करोड ६७ लाख ७३ हजार ४ सय ९५ मूल्य बराबरका पशु, १३ करोड ५२ लाख १२ हजार ४ सय ८९ मूल्य बराबरको अम्रिसो र  ११ करोड १९ लाख २२ हजार २ सय ४० मूल्य बराबरको गलैँचा र जनावरका कपाल निर्यात गरिएको छ । 
 
यसबाहेक ३ अर्ब १४ करोड ९९ लाख ६ हजार ७ सय ४८ मूल्यका विभिन्न प्रकारका वस्तु निर्यात भएका छन् । भारतबाहेक बङ्गलादेश, टर्की, अमेरिका, इटाली, चीन, भुटान, क्यानाडा, भियतनाम र बेलायतलगायतका मुलुकमा वस्तु निर्यात हुने गर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ