arrow

सुदुरपश्चिमको तपोबन :धार्मीक पर्यटकीय स्थल

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ माघ १ शनिबार
photo-tapoba-1.jpeg
बझाङ। सुदुरपश्चिमको हिमाली जिल्ला बझाङको सुनिकोट र भातेखोला गाविसको विच क्षेत्र  सेती नदीको किनारमा रहेको धार्मिक तपोबन क्षेत्रको महत्व बर्षेनी बढ्दै गएको छ । पछिल्लो समयमा  सुनिकोट सम्म यातायातका साधान पुगे पछि हिन्दुहरुको आस्थाको केन्द्र तपोबन क्षेत्रमा भक्तजनहरुको चाप बढ्दै गए पछि यसको महिमा दिन प्रतिदिन बढदै गएको हो  । 
 
अत्याधिक तातो पानिका कुण्ड र मन्दिर रहेको धार्मिक रुपले प्रख्यात रहेको तपोवन क्षेत्र पछिल्लो समयमा प्रचार प्रसार तथा ऐतिहासिक महत्वका बारेमा आधारभूत जानकारी सम्म भएकाले पनि यसको महिमा बढ्दै गएको स्थानियबासी बताउन्छन् । सेती वारी र पारी गरि १६ वटा तातोपानीका कुण्डहरु रहेको तपोवनमा माघेसंक्रान्ती , शिबरात्रीका बेला ठूलो मेला लाग्नुका साथै सुदुरपश्चिम को दिन तातोपानीमा स्नान गर्ने बझाड, बाजुरा डोटी,डडेल्धुरा र बैतडी  जिल्लावाट भक्तजनहरु आउने गर्दछन् ।
 
यस पालिको माधे संक्रान्तिमा पनि शुक्रवार राती पाल तथा टेन्ट टागी र मुडाबाली भक्तजनहरुले जाग्राम बसेका थिए भने स्थानियहरु विहान गएका थिए । यहाँको  वाटो भएर भगवान शिव पार्वती कैलाश मानसरोबर जादै गर्दा तपोवनमा उहाँको वास भएर विहान पार्वती लाई स्नान गर्न मन लागेपछि शिव भगवानले यहाँ तातोपानी निकालेको किम्बदन्ती रहेको छ । यसका साथै तपोवनका पानीका कुण्डहरुमा स्नान गरे छालाको रोग निको हुने र  मनले चिताएको पुरा हुने जन विस्वास भएकाले पनि महिला पुरुष बुढापाका सवै स्नान गर्न जाने गर्दछन् ।  
 
एक्कासी पानीका कुण्डहरुमा हात राख्दा तातोपानी भएर हात हाल्न गाह्रो हुन्छ भने पछि विस्तार पानीमा बस्दै जाँदा तताएको  पानी जस्तै तातो हुने गरेको तपोवनवाट स्नान गरि आएका चैनपुर आएका दार्चुल्ला जिल्ला घर भएका मनितोष जोशीले बताए ।  माघे संक्रान्तीमा  तपोवनमा श्राद्र  गर्ने विवाह बर्तीबन्धन गर्ने मानिसहरुको पनि भिडभाड हुने गर्दछ ।
 
बझाड जिल्लाको प्रमुख ऐतिहासिक धार्मीक स्थल  तपोवन क्षेत्रको धार्मिक महत्व लाई प्रचार प्रसार गरि चिनाउन सके राष्टकै महत्वपूर्ण धार्मिक स्थल हुन सक्ने स्थानिय जनक द्धाल बताउछन्  । वनले भने  यसलाई धार्मीक पर्यटन स्थलका रुपमा सुधार गर्न स्थानिय निकायले पहल चाल्नु पर्छ  । संरक्षण र संम्बर्धनको अभाबमा जगडिएको तपोवन क्षेत्रको बिकास र सुधारका लागी आबस्यक पहल कदमी चाल्न आवश्यक छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ