arrow

बेसबल खेलाडी सहयोग

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
12366448_10206739506659319_8704163981290956802_n.jpg.jpeg
काठमाडौं । क्लब लालीगुराँस जापानले भुकम्प प्रभावित बेसबल खेलाडीहरुलाई सहयोग गरेको छ ।  क्लब लालीगुराँस जापानका अध्यक्ष योही कोबायासी, बेसबलका अन्र्तराष्ट्रिय रेफ्री शिमोजी काजुमी सहितको प्रतिनिधि मण्डलले नेपाल आएर भक्तपुरका भुकम्प प्रभावित ३० जना बेसबल खेलाडीहरुलाई सहयोग गरेको हो ।

सहयोग स्वरुप खेलाडीहरुलाई इन्डक्सन चुलो, प्रेसर कुकर, सोलार लाइट र कम्बल प्रदान गरिएको छ । क्लब लालीगुराँस जापानले यसअघि भुकम्प लगत्तै पनि खेलाडीहरुलाई राहतस्वरुप जस्तापाता उपलब्ध गराएको थियो । क्लब लालीगुराँस जापानले भक्तपुर बेसबल प्रमोशन टीमलाई २ लाख रुपैयाँ बराबरको खेल सामाग्री समेत प्रदान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ