एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाह भएको १० बर्ष पुरा हुदैछ । २००७ देखि अभिषेक र ऐश्वर्यासँगै रहेका हुन् । अभिषेकले शुक्रबार १३ जनवारीमा ट्विटर गर्दै '१० बर्ष पहिले न्यूयोर्कको चिसो बालकोनिमा उनले हुन्छ भनेकी थिइन् ' भन्ने लेखेका छन्।
अभिषेक-ऐश्वर्याले एक साथ कयौ चलचित्रमा अभिनय गरेका छन् । दुबैले चलचित्र 'ढाई अक्क्षर प्रेम के' र 'कुछ ना कहो' मा एकै साथ देखिए । 'बंटी और बबली' को गित 'कजरा रे' मा काम गरे पछि दुई बिच सम्बन्ध रहेको समचार मिडियामा छाएको थियो । मणि रतनमको चलचित्र 'गुरू' को प्रीमियर को क्रममा टोरटोमा अभिषेकले ऐश्वर्यालाई विवाहको प्रस्ताव गरेका थिए ।