हिमताल जोखिममा परेको तिलगाउँका बासिन्दालाई सुरक्षित बासस्थान मिलाउन प्रचण्डको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
780
Shares
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा लेदोसहितको पहिरोको जोखिममा रहेका बासिन्दाको तत्काल उद्धार र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै भनेका छन्, “तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशित गर्दछु।”
अध्यक्ष दाहालले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेको भन्दै यस विषयमा राजधानीमा मात्रै बहस केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।
4उनले भने, “त्यहाँ हिमताल फुटेर पहिरो आएकाले बस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको कुराले झन् गम्भीर बनाएको छ।”