arrow

मध्यपश्चिम क्षेत्रिय व्यापारिक महोत्सवको तयारी तिव्र

logo
शरद रेग्मी,
प्रकाशित २०७३ माघ २ आइतबार
m2.jpeg
दाङ । दाङको तुलसीपुरमा सुरु हुन लागेको मध्यपश्चिम क्षेत्रिय व्यापारीक तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला २०७३ को तयारी तिव्र पारिएको छ ।
 
 तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा ७ वर्ष पछि संचालन हुन लागको क्षेत्रिय स्तरको महोत्सवलाई सफल पार्न आयोजक संस्थाले विभिन्न उपसमिति एवं जिल्लामा क्रियाशिल संघ संस्था , राजनितिक दल तथा शुरक्षा निकाय संगको समन्वय र छलफल लाई तिव्रता दिन लागेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन महोत्सव  मूल आयोजक समिति का संयोजक विमल रिजालले बताए । 
 
उनले मेला आयोजना स्थल अरनिको मैदानमा स्टलहरु निर्माण गर्ने काम, वजारका विभिन्न भागहरुमा स्वागत द्धार निर्माण कार्य अगाडी वढेको समेत जानकारी दिए । महोत्सवका लागि झण्डै तिन सय वढी स्टल वुकिङ भैसकेको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव नेत्रलाल वलीले जानकारी दिनु भयो । उनले अव स्टल वुकिङको काम सकिएको भन्दै धेरै जसो स्थानिय उत्पादन र प्रवद्र्धनलाई प्राथमिकतामा राखेको समेत जानकारी दिए । 
 
करिब ५ लाख दर्शकले अवलोकन गर्ने, २ लाख टिकट विक्रि गर्ने , २० करोड बराबरको कारोबार गर्ने र एक करोड रुपैया बचत गर्ने लक्ष्य राखिएको महोत्सवमा ५० रुपैया टिकट दर तोकिएको छ । सो अवसरमा विद्यार्थीहरुका लागि ४० रुपैया र बृद्ध र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ