arrow

राष्ट्रपति दुव्र्यवहारको घटनाबारे छानविन समिति गठन

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Bidhya.jpg.jpeg
काठमाडौं । गृह मन्त्रालयले जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुर्व्यवहार भएको घटना छानविन गर्न मन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ । 

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्तबहादुर पाल र सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल छन् । मन्त्रालयले समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समयसिमा तोकेको छ ।

राम जानकी विवाह पञ्चमी महोत्सवमा सहभागिता जनाउन राष्ट्रपति भण्डारी जनकपुर जाँदा मोर्चाका कार्यकर्ताले उनको कारकेडमा पेट्रोल बम र ढुंगामुढा प्रहार गरेका थिए । त्यसको भोलिपल्ट एकल महिला मन्दिर प्रवेश गरेर मन्दिर अशुद्ध भएको भन्दै  आन्दोलनकारीले गंगाजल छर्किएका थिए ।

आइतबारको मन्त्रिपरिषद बैठकले घटनाको निन्दा गर्दै दोषिलाई कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ