arrow

डेल अली भित्र्याउन रियाल र बार्सिलोनाबीच जुहारी, कस्ले मार्ला बाजी ?

logo
प्रकाशित २०७३ माघ २ आइतबार
promo272070990.jpeg
काठमाडौं । यो सिजनको सुरुवातसँगै विश्व क्लब फुटबलमा खेलाडी  भित्र्याउने तथा बेच्ने क्रमसुरु भै सकेको छ। यसै सन्दर्भमा जारी सिजनको 'समर ट्रान्सफर'मा  टोटनह्यामकाे मिडफिल्डरका लागि दुई क्लबबीच चर्को प्रतिस्पर्धा चलेको छ। हाल टोटनह्यामबाट उत्कृष्ट प्रदर्शन गरिरहेका इङ्गल्याण्डका २० वर्षीय मिडफिल्डर डेल अलीलाई लिएर दुई स्पेनिश महारथीबीच चर्को जुहारी चलेको हो । जारी सिजनमा टोटनह्यामको लागि १९ खेलमा १० गोल गर्दै १ गोलको लागि पास मिलाएका उनले गत खेलमा चेल्सीको अपराजित यात्रालाई २-१ पूर्णविराम लगाउने क्रममा खेलमा टोटनह्यामका लागि २ गोल गरेका थिए ।
 
यता, कप्तान आन्द्रेइस इनिएष्टाको विकल्पको लागि मिडफिल्डरको खोजीमा रहेका बार्सिलोनाका प्रशिक्षक युइस एनरिकले अलीलाई उपयुक्त विकल्पको रुपमा लिएका छन्। त्यसैले बार्सिलोना चाँडो भन्दा चाँडो डेल अलीलाई भित्राउन चाहान्छ। यता ला लिगा कै अर्को क्लब रियाल मड्रिड उनलाई भित्र्याउन खोजिरहेको छ। रियाल आफ्नो मिडफिल्डर लुका मोड्रिचको प्रतिस्थापनका लागि युवा मिडफिल्डरको खेलाडीको खोजीमा रहेको छ। मोड्रिच यो वर्ष ३२ वर्ष पुरा हुदैँछन् ।
 
कस्ले मार्ला त बाजी?
विश्व फुटबलमा राज गरिरहेका यी दुई टोलीबीच हरेका कुरामा एकले अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहन्छ। पछिल्लो समय यि क्लब नेमारलाई भित्र्याउने प्रतिस्पर्धमा थिए जसमा बार्सिलोनाले उनलाई भित्र्याउन सफल भएको थियो। यो पटकको ट्रान्सफरमा भने रियालको सम्भावना केही बलियो देखिन्छ । उसले यसअघि पनि टोटनह्यामबाट सन् २०१२ मा लुका मोड्रिचलाई तीन करोड युरो तथा ग्यारेथ वेलेलाई ८ करोड ५० लाख युरोमा रियालमा भित्र्याएको थियो। त्यसैले यो पटक पनि रियाल आफ्नो प्रयास सफल हुने सोचमा रहेको छ। जारी सिजनमा ला लिगाको उपाधि होडमा रियाल भन्दा पछि परिसकेको अवस्थामा बार्सिलोना कुनै पनि हालतमा डेल अली रियाललाई भित्र्याउन नदिने पक्षमा छ । 
 
 सन् २०१५ मा ५० लाख युरोमा आफ्नो क्लबमा भित्राएको टोटनह्यामले भर्खरै मात्र  एक चिनियाँ क्लबले अफर गरेको ७ करोड युरोको प्रस्ताब अस्वीकार गर्दै  यि दुई स्पेनिश क्लबबाट ठूलो रकमको आशाको संकेत गरेको टोटनह्याम भने गतिलो रकमको अफर आए डेल अलीलाई बिदा गर्ने तर्खरमा छ। यो पटकको कुन क्लब सफल हुनेछ, त्यो सम्पूर्ण क्लब फुटबलका लागि रोचक विषय बन्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ