arrow

नक्कली नोटसहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
nakkali-note-crime.jpg

रौतहट । सर्लाहीमा प्रहरीले नक्कली नेपाली नोटसहित दुईजना युवक लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा गाउँपालिका ६ का रामदेव साहको २१ वर्षीय छोरा मुकेशकुमार साह र हरिपुर्वा नगरपालिका ४ डुमरियाका विकाउ पण्डितका २३ वर्षीय छोरा सरोज पण्डित कुम्हार रहेको जिल्ला प्रहरी  प्रवक्ता एवं डीएसपी सरोज राईले बताएका छन् ।

पर्सा गाउँपालिका ६ स्थित हुलाकी सडकखण्डमा प्रहरी चौकी पर्साको टोलीले विआर ३० एपी ७५३९ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ५०० का दरका ४८ थान २४ हजार नेपाली नक्कली नोट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

मोटरसाइकल चालक मुकेश साहको साथबाट उक्त नक्कली नोट बरामद भएको थियो।

मोटरसाइकलमा पछाडि बसेका कुम्हार र चालक साह माथी नक्कली नोट सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ। (न्यूज कारखाना)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ