arrow

महिलालाई ज्यूँदै जलाउने अपराधीलाई सुइ लगाएर दिइयो मृत्युदण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
crime-final-everytime-use.jpg

न्यूयोर्क । अमेरिकाको टेक्सासमा हालै विषाक्त सुई लगाएर एक अपराधीलाई मृत्युदण्ड दिइएको छ । १३ वर्षअघि मे २० मा उनले डलासमा पसल लुट्ने क्रममा एक महिलालाई आगो लगाएर निर्मम हत्या गरेका थिए । सोही आरोपमा उनलाई बुधबार सुई लगाएर मृत्युदण्ड दिइएको हो ।

४९ वर्षीय म्याथ्यु ली जोनसनलाई हन्ट्सभिलको राज्य कारागारमा घातक सुइ लगाइयो र स्थानीय समयअनुसार साँझ ६ः५३ मा मृत घोषणा गरिएको अधिकारीहरूले बताएका छन् ।

जोनसनलाई २० मे २०१२ मा गारल्याण्डको डलास उपनगरमा ७६ वर्षीया न्यान्सी ह्यारिसलाई ज्वलनशील तरल पदार्थले जिउँदै आगो लगाएको अभियोगमा दोषी ठहर गरिएको थियो । 

सो आक्रमणको केही दिन पछि नै ह्यारिसको उपचारका क्रममा मृत्यु भएको थियो। ह्यारिसले त्यो पसलमा १० वर्षभन्दा बढी समय काम गरेका थिए। उनका चार छोरा, ११ नातिनातिना र सात जना नातिनातिना रहेका छन्।

जेल वार्डनले उनको अन्तिम बयानको लागि सोध्दा जोनसनले पीडितको परिवारलाई हेरेका थिए र मनिलो अनुहार लगाउँदै माफी माग्दै भने, ‘मैले उनीहरूलाई हानि पुर्‍याउने उद्देश्य कहिल्यै राखेको थिइन, दुर्भाग्यबस यस्तो अप्रिय घटना घटयो, त्यसका लागि म उहाँका परिवारजनसँग माफी माग्दछु ।’ अदालतमा जोनसनले अपराध स्वीकार गर्दै मादक पदार्थ सेवन गरेका कारण आफुले सो दिन के गरेको हो रु बुझ्नसमेत नसकेको बताएका थिए ।

अभियोजकहरूले भने कि ह्यारिस स्टोरमा काम गरिरहेकी थिइन, जब जोनसन भित्र पसे, उनको टाउकोमा ज्वलनशील तरल खन्याए र पैसा मागेका थिए तर उनले पैसा दिन आनाकानी गरे पछि उनले आगो लगाउने उदेश्य राखेका थिए ।

 अदालतका कागजातहरूका अनुसार जोनसनले पैसा खोसेपछि ह्यारिसलाई आगो लगाएका थिए र शान्तिपूर्वक स्टोरबाट बाहिर निस्केका थिए। ह्यारिसले आगो निभाउने प्रयासका लागि पसलबाट बाहिर निस्के र मद्दतको लागि चिच्याएका थिए । एक प्रहरी अधिकारीले आफ्नो शरीरमा लागेको आगो निभाउन उपकरण प्रयोग गरे र आगो निभेको पनि थियो । तर, उनी धेरै दिन बाँचेनन् ।

सो घटना घटाएको करिब एक घण्टापछि नै जोनसन पक्राउ परेका थिए । एक नर्स र डाक्टरले बयान दिए अनुसार ह्यारिसको टाउको, अनुहार, घाँटी, काँध, माथिल्लो हात र खुट्टाहरू नराम्ररी जलेका थिए र उनी मर्नु अघि धेरै पीडामा पनि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ