arrow

प्रचण्ड रूकुमपूर्वमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
prachanda-27.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुमपूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार, उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको जानकारी सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले गराएका थिए। 

उनले स्थानीय रूपमा उत्पादन हुने जैविक वस्तुको माग उच्च रहेको र त्यसअनुसार उत्पादन बढाउन आफूहरू क्रियाशील रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ