arrow

नेवानिले अमेरिकी कम्पनीबाटै ‘वाइडबडी’ विमान किन्ने

logo
प्रकाशित २०७३ माघ २ आइतबार
nebani-news-aa.jpeg

काठमाडौं । नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँगै नयाँ वाइडबडी जहाँज किन्ने लगभग पक्का भएको छ । आइतबार बसेको निगम सञ्चालक समिति बैठकले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँगै एयरबस किन्ने प्राविधिक समितिको सिफारिस अनुमोदन गरेको हो ।

निगम सञ्चालक समिति अध्यक्ष एवं मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले आशय पठाउने निर्णय गरेको जानकारी दिए । एएआरबाटै खरिद गर्ने प्रस्ताव पहिले नै आएको थियो । प्रस्तावलाई बोर्डले अघि बढाएको छ । अब कम्पनीसँग एमओयू हुन्छ, बोर्ड अध्यक्ष अधिकारीले भने ।
यस्तै, पर्यटन एवं नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले जहाज एएआरबाट किन्ने कुरा पहिले नै पक्का भएको बताए । शाहीले भने, ‘कम्पनी एएआर परेको हो । अन्य निर्णय बोर्डले गर्ने हो । मैले स्वीकृति मात्रै दिने हो ।

वायुसेवा निगमले एयरबसको मध्ये सबैभन्दा सानो वाइडबडी ए ३३० (थ्री थर्टी)–२०० (टु हन्डरेट) जहाज खरिदका लागि खालेको ग्लोबल टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव हालेका थिए । जसमा सबै भन्दा सस्तोमा एएआर कम्पनीले नयाँ विमान पलब्ध गराउने प्रताव गरेको हो । जहाज नेपाली नयाँ वर्ष २ अगावै दिनसक्ने एएआरको प्रतिवद्धता छ ।

निगमले दुईवटा एयर बसलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गर्दा एएआरले  ११ अर्ब २८ करोडमा नै जहाज उपलब्ध गराउने बताएको छ । जहाज किन्न २५ अर्ब रुपैयाँ लगानीको सम्झौता भइसकेको छ । निगम सञ्चालक समितिले अहिले सम्म नेपाल एयरलाइन्सके कल साइन सच्याउने र कार्य विभाजन गर्ने विषयमा भने अहिले सम्म कुनै छलफल गरेको छैन । नागरिक उड्डयनमन्त्री शाहीले निगमको कामलाई विकेन्द्रिकरण गर्न पटक–पटक भनिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ