arrow

अशान्त रौतहटमा विद्यार्थीको भाटे जुलुस, प्रहरी चौकीमा आक्रमण र आगजनीपछी अनिश्चितकालिन कर्फ्यू

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Bit-.jpg.jpeg
गौर । शनिबार देखि अशान्त रौतहटको सदमुकाम र ग्रामीण भेगमा प्रर्दशन बढ्दै गएको छ । सोमबार पनि विहानै देखि विरोध प्रदर्शन भएको छ । सदरमुकाम गौरमा आइतबार झडपमा प्रहरीको गोली लागेर एक विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी समेत सडकमा ओर्लिएका छन् । 
 
ओक्रोशित मोर्चा कार्यकर्ताले बिहानै ग्रामीण भेगका ३ प्रहरी चौकीमा तोडफोड र आगजनी गरेका छन् । सदरमुकाम गौरमा समेत बिहानैदेखी चोक–चोकमा टायर बालेर प्रदर्शन भएपछि १० बजेसम्मका लागि हटाइएको कर्फ्यू  साढे १० बजे देखि अनिश्चितकालका फेरि जारी भएको छ । 
 
रौतहटका गाउँगाउँमा मोर्चा आवद्ध स्थानीयले समेत प्रदर्शन थालेका छन् । आइतबार गौरस्थित बीपी चोक नजिक प्रहरीको गोली लागेर १० कक्षामा पढ्ने तेजापाकड गाबिस–१ का शेख तबरेजको मृत्यु भएको थियो । गौरस्थित जुद्धमाविमा कक्षा १० मा अध्ययनरत  तबरेजको मृत्युपछि  प्रदर्शनकारीले जिल्लाका सबै विद्यालय बन्द गराएका छन् ।  
 
आक्रोशित विद्यार्थीले इलाका प्रहरी कार्यालय कटहरीयाको गेट र कम्पाउडमा समेत तोडफोड गरे । उनीहरु कार्यालय भित्र प्रवेश गर्न लाग्दा प्रहरीले रोकेको थियो । हातमा लाठी र भाटा बोकेका विद्यार्थीले प्रहरी कार्यालयको बोर्डसमेत उखेलेर फालिदिएका छन् । उनीहरुले भारतीय सीमा नजिकैको बंकुल प्रहरी चौकीमा रहेको प्रतिक्षालयमा आगजनी गरे । प्रहरी चौकीमा आक्रमणको प्रयास गरेका प्रदर्शनकारीले गरेको आगजनीबाट चौकीको फर्निचर र एक सबारी साधन जलेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ