न्युजिल्याण्डका उपप्रधानमन्त्री नेपाल आउँदै, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
628
Shares
काठमाडौँ । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज (जेठ १४ गते) अपराह्न काठमाडौँ आइपुग्दै छन्। यो उनको पहिलो नेपाल भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार, उपप्रधानमन्त्री पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, आज साँझ उपप्रधानमन्त्री पिटर्सले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिनेछ र त्यसपछि उनको सम्मानमा परराष्ट्रमन्त्री डा. राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।
यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।