arrow

साम्प्रदायिक दंगा फैलिन नदिन सरकार सचेत छ : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
kp-oli.jpg.jpeg
विराटनगर  । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति कायम राख्न र साम्प्रदायिक दंगा भड्किन नदिन सरकार सचेत रहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग प्रधानमन्त्री ओलीले सरकार वार्ताबाटै समस्या समाधान गर्न तयार रहेको प्रष्ट्याए । 
 
प्रधानमन्त्री ओलीले नेपाली जनताको भावनाअनुसार संविधान जारी भएको बताउँदै मुलुकको स्थायित्व र संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे । प्रधानमन्त्री ओलीले नाकाबन्दी, धर्ना, एम्बुलेन्स तोडफोड गर्नु कुनै बहादुरीको काम नभएको भन्दै आ–आफ्ना कुरा शान्तिपूर्ण ढङ्गले राख्नुपर्ने तर्क गरे । 
 
सरकारको दुई महिनाको अवधिमा पुनःनिर्माणसम्बन्धी विधेयक संसद्बाट पारित भएको, सीमा नाकाहरु सहज भएकोलगायतका धेरै काम गरेको समेत ओलीले सुनाए । विराटनगर प्रधानमन्त्री ओली विमानस्थलबाट सुनसरी–इटहरीमा आयोजित पार्टीको कार्यक्रम स्थलतर्फ लागेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ