arrow

सवारी दुर्घटनामा दुईको मृत्यु, ३ घाइते

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
accident-@-.jpg.jpeg
काठमाडौं । कैलालीको अत्तरियाबाट डडेल्धुरा गइरहेको ना.३ च.४७३५ नम्बरको जिप साउखर्कनजिक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन्  । घाइते दुई जनालाई उपचारका लागि उपक्षेत्रीय अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक बिपिन कर्माचार्यले बताए । घाइते एक जनाको अवस्था सामान्य छ । सडकमा तुषारो जमेका कारण चिप्लिएर दुर्घटना भएको प्रहरीको अनुमान छ । 
 
गुल्मीमा एकको मृत्यु
जिपको ठक्करबाट गुल्मीको दिगाममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने गुल्मी दिगाम–८ निवासी ६२ वर्षीय रामलाल भण्डारी हुन् । बिहान लु १ ज १२९६ नम्बरको जिपको ठक्करवाट घाइते भएका भण्डारीको उपचारका क्रममा पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठक्कर दिने जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ