arrow

काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छ - प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
prachanda-02-12.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको कुनै हैसियत नरहेको र यसले गणतन्त्र बचाउने इच्छाशक्ति पनि नदेखाएको आरोप लगाएका छन्।

प्रचण्डले सरकारले गफ हाँक्नेबाहेक कुनै काम गर्न नसकेको बताउँदै आफूहरूले गफ नगरी एक लाख मान्छे उतारेर देखाएको तर नेकपा एमालेले 'काठमाडौं कब्जा' गर्ने गफ दिएर लाजमर्दो अवस्था देखाएको जिकिर गरे। एमालेको अहिले देश र दुनियाँमै बेइज्जत भएको उनको आरोप थियो।

अध्यक्ष दाहालले भने, "यो सरकारको त केही हैसियतै छैन। यसको कुनै हैसियत नै छैन। यसको इच्छाशक्ति पनि छैन। हैसियत पनि छैन। गफ हाँक्नेबाहेक केही छैन। उनीहरूले गफ गरे। हामीले गफै नगरी एक लाख मान्छे उतारेर देखायौँ। यिनीहरूले गफ गरे काठमाडौं कब्जा, लाजैमर्नु। गफ गरे काठमाडौं कब्जाको। तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको। यस्ता छन्, यिनीहरूलाई केही मतलबको कुरा छैन। यो जिम्मेवारी लिने हामीले नै हो।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ