arrow

होचा पुड्का संघमा कुर्सी विवाद

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
hocha-.jpg.jpeg
काठमाडौं । नेपाल होचा पुड्का संघमा नेतृत्वको विषयमा लिएर विवाद भएको छ । नेतृत्व हस्तान्तरण गर्ने संस्थापक अध्यक्ष लोकनाथ ढकाल र बर्तमान अध्यक्ष ज्याक गुरुङबीच नयाँ नेतृत्वको विषयलाई लिएर विवाद भएको हो । आफूखुसी आफ्नो अध्यक्षता गुरुङ्गलाई हस्तान्तरण गरेका ढकालले सस्थाको आर्थिकसहितका कारोबारका कागजात नदिएका कारण संस्था नविकरण गर्न नसकिएको बताए पछि ढकालले आफ्नो नेतृत्व फिर्ता दिन माग गरेका थिए । त्यसपछि संघमा विवाद भएको हो । 
 
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ढकालले आफूले नेतृत्व सहित कागजात दिदा पुरानो कार्यकालको जिम्मेवारी नलिने भनेर नलिएको कारण नदिएको भन्दै अध्यक्ष पद फिर्ता दिए आफूले फेरि सस्थालाई नविकरण गरेर अघिवेशन गर्ने बताए । गुरुङ्गले भने पुरानो कार्यसमितिमा अनियमितता भएकोले कागजात नदिएको भन्दै अहिले त्यही बहानामा नेतृत्व नदिने बरु कानूनी लडाई लड्ने प्रस्ट्याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ