arrow

जनकपुर घटनाका दोषीलाई कारबाही नभए आन्दोलनको आँधी बेहरी आउने

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Mahila.jpg.jpeg
काठमाडौं । विभिन्न राजनीतिक पार्टी निकट महिला संघ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर भ्रमणका क्रममा भएको दुब्र्यवहार, अपमान र आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । 
नेपाल महिला संघ, अनेमसंघ, अनेमसंघ (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (नेपाल), राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, अखिल नेपाल प्रगतिशिल महिला संघ, नेपाल महिला फेडेरेशन र अखिल नेपाल महिला संघ संलग्न रहेको संयूक्त महिला संघ संघर्ष समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी दुई चरणको आन्दोलन घोषणा गरेको छ । 
 
घोषित पहिलो चरणको आन्दोलन अन्र्तगत सोमबार सभामुख, प्रधानमन्त्री र गृहमन्त्रीकोमा डेलिगेसन गरेर ध्यान आर्कषित गराईएको र संसदमा आवाज उठाउन सबै सांसदहरुलाई पत्राचार गरिएको संघर्ष समितिले जनाएको छ । दोस्रो चरणको आन्दोलनमा सबै जिल्लामा विरोध सभा गर्ने र प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकोछ । 
 
समितिले राष्ट्रपतिलाई विधुवा भन्ने, मन्दिरमा गंगाजल छर्किने, आक्रमण गर्ने जस्ता विषय राष्ट्रप्रतिको अपमान, सस्कृतिमाथिको प्रहार र धर्मको नाममा हिंसा भएको जिकिर गर्दै यसले मुलुकको बेइज्जत गरेको जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल महिला संघकी अध्यक्ष डिला संग्रौलाले राष्ट्रपतिमाथि दुब्र्यवहार भएको एक साता भित्र पनि अपराधी पक्राउ नपरेकामा आक्रोश पोख्दै तत्काल दोषीमाथि कारवाही नभए आफूहरुले देशव्यापी आन्दोलनको आँधी बेहरी ल्याउने चेतावनी दिइन् । उनले राष्ट्रियता र राष्ट्र प्रमुखमाथि भएको निन्दनीय व्यवहारकोविरुद्ध आवाज उठाउन सबैमा आग्रह समेत गरिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ