arrow

सरकारी वार्ता टोली र मोर्चा नेताबीच आकस्मिक छलफल

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
pararastra-.jpg.jpeg
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा संयोजकत्वको सरकारी वार्ता टोली र आन्दोलनरत मधेसी मोर्चाबीच आकस्मिक छलफल भएको छ । सरकारी वार्ता टोली संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग मोर्चाको टोलीले अनौपचारिक छलफल गरेको हो । परराष्ट्र मन्त्रालयमा अबको वार्ता कसरी निर्णायक बनाउने भन्नेबारे दुवै पक्षबीच अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ । मोर्चा कार्यकर्ताले आन्दोलन सशक्त पार्ने भन्दै हिंसात्मक बाटो रोजेका बेला मोर्चा नेतृत्वकर्ता र सरकारी वार्ता टोलीले गरेको आकस्मिक छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 
छलफलमा सरकारी पक्षले आइतबार मन्त्रिपरिषदले गरेको निर्णय मोर्चा नेताहरुलाई सुनाएको छ । यद्यपि, सरकारी निर्णय पर्याप्त नभएको भन्दै मोर्चा नेताहरुले असन्तुष्टी जनाइसकेका छन् । आइतबारको मन्त्रिपरिषदले प्रदेश सिमाङ्कन समाधान गर्न राजनीतिक संयन्त्र बनाउने र मोर्चालाई आन्दोलन फिर्ता लिन आह्वान गर्ने निर्णय गरेको थियो । सोमबारको आकस्मिक छलफलमा सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण लगायत मोर्चा नेताहरु सहभागी भए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ