arrow
ADVERTISEMENT

मधेस वितण्डा : रौतहटमा कर्फ्यू तोडेर प्रदर्शन, सर्लाहीमा पेट्रोल बम प्रहार, सरकारी कार्यालयमा आगजनी

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
morcha-rautahat.jpg.jpeg
गौर । रौतहट सदरमुकाम गौरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु तोडेर मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका छन् । गौर नगर क्षेत्रका ट्रान्सफर्मर चोक, बरहवा पुल चोक, वीपी चोक, कविर चोक र टिकुलिया चोक सोमबार दिनभर तनावग्रस्त रहे । प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा प्रहरी र मोर्चा कार्यकर्ताबीच नाटकिय झडप भइरहेका छन् ।
 
कर्फ्यु जारी भएपछि मोर्चा कार्यकर्ताले प्रहरीलाई झुक्याउँदै ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरे । प्रहरीलाई देख्ने वित्तिकै आन्दोलनकारी लुक्ने र ढुंगा हान्ने गरेका छन् । प्रहरीले माइकिङ गर्दै कर्फ्युको समयमा घरभित्रै बस्न स्थानीयलाई सूचना गरिरहेको छ ।
 
सर्लाहीमा तनाव, सरकारी कार्यालयमा आगजनी 
मधेसी मोर्चाका कार्यकर्ताले सर्लाहीको मलंगवास्थित खानेपानी र महिला बालबालिका कार्यालयमा आगजनी गरेका छन् । आगजनीको घटनापछि मलंगवा बजार तनावग्रस्त बनेको छ । मोर्चा कार्यकर्ताले जिल्ला अदालतमा पेट्रोल बम समेत हानेका सर्लाही प्रहरीले जनाएको छ । संघीय समाजवादी फोरमका जिल्ला अध्यक्षलाई पक्राउ गरेको विरोधमा प्रदर्शन, तोडफोड र आगजनी भएपछि प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको छ ।
 
मोर्चाका कार्यकर्ताले गरेको आगजनीबाट खानेपानी कार्यालयको कम्प्युटर, कागजात, दराज, फर्निचर जलेका छन् । प्रहरीको भ्यानमा समेत ढुङ्गामुढा भएपछि जिविस चोकमा मोर्चाका कार्यकर्ता तितरवितर पार्न प्रहरीले डेढ दर्जन हवाई फायर गरेको हो ।
संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष अशोक यादव पक्राउ परेको विरोधमा अपरान्ह जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका कार्यकर्ताले फर्कएको भान पारी झुक्याएर खानेपानी कार्यालयमा आगजनी गरे । जिल्ला अदालतमा पेट्रोल बम हानेपछी खानेपानी कार्यालयमा आगो लगाएका उनीहरुले क्रमशः महिला बालबालिका कार्यालयमा समेत आगजनी गरे । 
 
फोरम अध्यक्ष यादवलाई आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा तोडफोड गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका यादवसहित सद्भावना अध्यक्ष प्रमोद साह र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष कौशल किशोर रायलगायत १० जनालाई शान्तिपूर्ण आन्दोलन गर्ने सहमतिमा साँझ प्रहरीले छाडेकामा राती ८ बजे मलंगवाकै एफएम रेडियोमा अन्तर्वाता दिन गएका यादवलाई प्रहरीले फेरि पक्राउ गरेको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ