arrow

अन्तिम समयमा भाँडियो अमेरिका–इरान वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
trump-12-14.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको छ । इरान र इजरायलबीच जारी द्वन्द्वका बीच इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको हो ।

 यो वार्ता आइतबारका लागि तय गरिएको थियो । यसअघि अमेरिका र इरानबीच आणविक बार्ता पटक पटक भएको थियो, जसलाई दुबै पक्षले सकारात्मक रूपमा अर्थ्याउँदै आएका थिए ।

तर वार्ता जारी रहेको बेला अचानक गत शुक्रबार इजरायलले इरान माथी हमला गरेर त्यसका प्रमुख सैन्य कमाण्डरसहित आणविक वैज्ञानिकहरूलाई मारिदिएपछि मध्यपूर्व थप अशान्त बन्न पुगेको बेला यो बार्ता भाँडिएको हो ।

ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले सामाजिक सञ्जाल पोस्टमार्फत बार्ता स्थगित भएको  जानकारी दिएका हुन् । अल्बुसैदीले अगाडी भने– ‘कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र उपाय हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ